Check to restrict your search with:
Menu

Vyāsa-pūjā 1984

Bhaktisiddhānta Dāsa Dāsānudāsa (Kathmandu - Nepal)

श्री व्यासपूजा अभिनन्दन,

पुज्य गुरुमहाराज, 

तपाईको चरणकमलमा यो दीन दुःखीको कोटी कोटी प्रणाम छ । कृपया स्वीकार गर्नुहोस् । 

गौर-निताई प्रभुका शीतल चरणबाट एक पला पनि नभडकिकन लगनशील रहेको श्रील प्रभुपादका अति प्रिय पुत्र तपाई । कत्ति विनम्र ! कत्ति सहनशील ! कत्ति कृपालु ... साक्षाद् गौरचरण समान हुनुहुन्छ तपाई । यो क्षुद्रबुद्धिले तपाइको असिम गुणगाथा बुझेर कही बुझ्न सक्छ र? यत्ति मात्र म जान्दछुकि यो सुनसान फासफुसे जगतमा तपाई बाहेक मेरो अन्य कोही सहारा छैन । 

यो दुष्ट मनले भवसुखमा रमाउन खोज्छ । भुल गरेर भुल सुधार्न खोज्छ । अनि थुकेको थुक सधै चाट्न खोज्छ । तपाईको चरणाश्रय पाईसकेको छु, तैपनि मेरो यो दुर्दशा सुध्रेको छैन... कृष्णप्रेमको वीज फके्रको छैन । 

आज तपाईको शुभ आविर्भाव तिथी महामहोत्सव हो । त्यसैले तपाईको शीतल चरणकमलमा आज यो दुष्ट मनले चिन्तन गरिरहेछ । साधनपटमा डटेर अघि बढ्ने अटुट उत्साह दिनुहोस्, दृढ संकल्प प्रदान गर्नुहोस् । र राधाकृष्ण प्रेमको बाढी उर्लाइ दिनुहोस । म घमण्डी छु, मुर्ख छु र सारै ढिपीवाल छु । विना सहनशीलता... विना प्रेम यथार्थवादी बन्न खोज्छु । तर पनि पतितपावन हेतु तब अवतार... कृष्ण प्रभुको यो पानीफोके माया जगतमा तपाई आउनु भएको छ, मोसम पतित प्रभु  नपाइवे आर... यो पतितलाई पावन बनाउन, गौचरणको धुलोमा मिसाई दिन अनि कृष्णप्रेमको समुद्रमा डुबाउन । म भन्दा पतित यहाँ अरु को छन् र ? पहिले त मलाई नै उठाउनोस् । यही मेरो विनम्र निवेदन । 

कृपादृष्टि लगाउनोस ताकि नेपाल जननीका उकाली र ओरालीहरुमा हरिध्वनिको लहर फिँजाउन सकूँ । कृष्णभुलुवा भाइहरुलाई प्रेमभावमा नचाउँन सकुँ । र तपाईको तृष्णा मेटाउन सकुँ । 

तपाईको चरणको सतत सेवाभिलाषी,

भक्तिसिद्धान्त दास दासानुदास 
(काठमाण्डौ यात्रा, श्री जानकी मन्दिर जनकपुरधाम)