Check to restrict your search with:
Menu

Vyāsa-pūjā 1984

Gaura Gopīnātha Dāsa Brahmacārī (Kathmandu - Nepal)

श्रीव्यासपूजाउपहार,

जय आचार्यपाद आशिर्वाद दिनुहोस आज । 
जय आचार्यपाद जोड्छु तपाईकहाँ हात
तपाईको कृपाले मन्दिरमा आएँ । 
तपाईको आशिर्वादले राम्रो संगत पाएँ ।।

गुरूदेव श्रील आचार्यपाद, तपाईको आशिर्वादले म मन्दिरमा आएँ । यो दुःखी अध्यारो कुनामा भौतारि रहेको थिए । अहिले उज्यालोमा आउन पाएको छु । तपाईको कृपा असिम छ धन्य हो प्रभु । तपाईको कृपाले गर्दा राधाकृष्णजीको सेवा गर्न पाएँ । सेवा गर्दैछु र गर्दै जान पाउँ । तपाईको पनि सेवा गर्न पाउँ । म नयाँ भक्त हो र मैले यथासक्य अरू भक्तहरुको पनि सेवा गर्दैछु । यो भक्तिभाव ममा उर्लिदै रहोस् । यही मेरो निवेदन हजुरमा । 

तपाईको कृपादृष्टि परेकोले म अहिले संकीर्तन पार्टीमा यात्रा गर्दैछु र श्रील प्रभुपादको सदिच्छा पुरा गर्दैछु । 

आचार्यपादको जय जय। 
तपाइको सेवामा सधै तडपिरहने, 
चटपटे सेवक, 
भक्त लोकनाथ 
नेपाल संर्कीतन पार्टी,
जय श्रील आचार्यपाद ।
नम ॐ विष्णुपादाय कृष्णप्रेष्ठाय भूतले ।
श्रीमते जयपताका स्वामिनिति नामिने ।।

तपाईलाई मेरो कोटी कोटी प्रणाम । म अज्ञानको अन्धकारमा थिएँ । कृपा पुर्वक तपाईले मलाई शिष्य स्वीकारनु भयो र भाग्यवश यो दुःखीले पनि तपाईको चरणको सेवा गर्न पायो । तपाइको सेवा विना श्री राधाकृष्णको सेवा गर्न सम्भव छैन । यसकारण मेरो एक मात्र निवेदन के भने जन्म–जन्मान्तरमा तपाईको सेवा गर्दै रहन पाँउ । पूर्व जन्ममा सायद म तपाईको कुकुर थिए होला । तपाईको जुठो प्रसाद मैले खुब खाए होला । त्यसैले यस जन्ममा तपाईको आश्रय पाउन सकेँ र चरणको सेवा गर्न पाएँ । तपाईको चरणको सेवाबाट मलाई असीम आनन्द मिलेको छ । 

सारा विश्वमा प्रचार गर भनी तपाईले आज्ञा दिनुभयो । श्रील प्रभुपादले तपाईलाई शक्ति दिए झै मलाई पनि तपाईले शक्ति दिनुहोस् । अवश्य नै मैले नेपालमा प्रचार गर्न सक्ने छु । जगन्नाथ, बलदेव र सुभद्राजीलाई खुशी पार्नेछु । 

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । 
हरे राम हरे राम राम राम राम हरे हरे ।।

तपाईको मूर्ख शिष्य,

गौरगोपीनाथ दास ब्रह्मचारी 
(नेपाल सकीर्तन पार्टी, जनकपुर धाम)